१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तीनकुने-कोटेश्वर क्षेत्रमा कर्फ्यु



काठमाडौं । दुर्गाप्रसाईंको नेतृत्वमा राजावादीहरुको समुहले आगजनी, तोडफोड र अराजकता मच्चाएपछि काठमाडौं प्रशासनले तीनकुने आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु लगाउनुअघि प्रहरीले माइकिङ गर्दै तीनकुने वरपर कर्फ्युको सूचना दिएको थियो ।

राजावादी प्रदर्शनकारी अराजक बन्दै सर्वसाधारणको घर तथा सम्पत्ति जलाउने, गाडी जलाउने, प्रहरी कार्यालयमा ढुंगामुढा र तोडफोड गर्ने जस्ता काम गरेपछि स्थितिलाई थप नियन्त्रणबाहिर जान नदिन कर्फ्यु लगाइएको हो ।

राजावादीहरुले सुविधानगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालय समेत तोडफोड गरेकाछन् भने पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय जलाउने प्रयास गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : १४ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित