२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालगन्जमा कर्फ्यु : बजार क्षेत्र सुनशान, नाकामा अलपत्र नेपालीलाई प्रहरीबाट उद्दार (फोटोफिचर)



नेपालगन्ज । बिहान फितलो देखिएको नेपालगन्जमा जारी कर्फ्यु आदेशलाई प्रशासनले सशक्त बनाएको छ । कर्फ्यु नबुझेर बिहानैबाट सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले कडाई गरेर घरघर पठाएको हो ।

बिहानैबाट माइकिङ गरेर कर्फ्यु आदेशको पालना गर्न सूचित गरेको प्रहरीले त्यस लगत्तै बल प्रयोग गरेर तितरबितर पारेको छ । समुहमा भेला भएका कतिपय चोकहरुमा प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको स्थानीयले बताएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै मंगलबार दिनभरी नेपालगन्जमा भएको झडपका क्रममा ५ प्रहरी सहित २२ जना घाइते भएको जानकारी दिएको छ । घाइते मध्य २१ जना बिभिन्न अस्पतालमा उपचार पश्चात घर फर्केको र एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको प्रशासनले जानकारी दिएको छ ।

प्रहरीले कडाई गरेसँगै नेपालगन्ज नगर सुनशान बनेको छ । सडकमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले गस्ती गरिरहेको छ । सर्वसाधारण घर बाहिर निस्केका छैनन् । प्रशासनले शान्ति बाहाल गर्न र सदभाव कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवं उद्योगी ब्यवसायी र सर्वसाधारणलाई अपिल पनि गरेको छ ।

नेपालगन्जमा कर्फ्यु लागेपछि दशैं मनाउन भारतबाट घर फकंदै गरेका सयौं नेपालीहरु जमुनाहा नाकामा रोकिएका छन् । मध्यरातीबाट नाकामा रोकिएका नेपालीलाई आज मधन्हबाट प्रहरीले आफनो बसमा राखेर कर्फ्यु एरिया बाहिरसम्म पु¥याएको छ । जमुनाहा नाकामा आइपुगेका नेपालीहरुलाई बिना कुनै अवरोध सहज रुपमा गन्तव्य सम्म पठाउने काम भईरहेको बाँके प्रहरीले जनाएको छ ।

नेपालगन्जमा कर्फ्यु जारी रहेकोले मनोपरी तरिकाले जान नमिल्ने भएकोले प्रहरीको सहयोगमा नेपाली नागरिकहरूलाई नेपाल भारत सीमा नाका जमुनाहाबाट राँझा चोकसम्म पठाउने काम जारी रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

नेपालगन्जको जमुनाहा नाकामा पुगेका नेपाली नागरिकहरुलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको उनले बताए ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

फोटो : जाबेद अहमद, नरेश श्रेष्ठ

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : १६ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका