२० मंसिर २०८२, शनिबार | December 6, 2025

साउदी अरेबियाले इजरायल र युएइलाई हवाई उड्डयनको लागि आकाश प्रयोग गर्न दिने



एजेन्सी । साउदी अरेबियाले इजरायल र युनाइटेड अरब इमिरेट्सलाई अफ्नो आकाशबाट हवाई उड्डयन गर्न दिने भएको छ । सो विषयमा इजरायल र युनाइटेड अरब इमिरेट्स्सँग साउदी अरेबियाले सहमति जनाएको बताइएको छ ।

इजरायलको टाइम्स पत्रिकाले सउदी अरेबियाको समाचार समितिलाई उद्धृत गर्दै दिएको समाचारमा सो कुरा उल्लेख गरिएको छ ।

उक्त पत्रिकाले बिहीबार दिएको समाचारमा युनाइटेड अरब इमिरेट्स र इजरायलका जाहाजहरुलाई उडानका लागि आफ्नो आकाश प्रयोग गर्न दिने विषयमा साउदी अरेबियाले सहमति गरेको उल्लेख गरेको छ ।

हालैमात्र इजरायल र युनाइटेड अरब इमिरेट्स्ले साउदी अरेबियालाई यो अनुमतिका लागि विशेष अनुरोध गरेका थिए । सो अनुमतिको पक्षमा अमेरिकाले पनि साउदी अरेबियालाई भनेको बताइएको छ ।
गत महिनामात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनाइटेड अरब इमिरेट्स् र इजरायलले आगामी केही समयभित्र नै साउदी अरेबियासँगको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको धारणा सार्वजनिक गर्नुभएको थियो ।

यस विषयमा अर्थात् यी तीन देशको सम्बन्धको सुधारका पक्षमा अमेरिकाको मध्यस्थतामा युनाइटेड अरब इमिरेट्स्, इजरायल र साउदी अरेबियाबीच गएको अगष्ट १३ मा एक सहमति भएको थियो ।
सोही सहमति पत्रमा हस्ताक्षर भए बमोजिम नै साउदी अरेबियाले यो निर्णय बिहीबार गरेको बताइएको छ ।

ती तीन देशले संयुक्त रुपमा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ कि यो सहमति ती ३ तीन देशकाबीचमा भएको छ र यो एक साहसिक निर्णय हो । साथै यस संयुक्त विज्ञप्तिमा यो साहसिक निर्णयले मध्यपूर्वको विकास, सम्मृद्धिका साथै यहाँको स्थायित्वका लागि पनि निकै नै सकारात्मक प्रभाव पार्नसक्ने धारणा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ५३ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको