१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड



काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ ।

नवरात्रभर साधना गर्नेले नौ दिनसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्छन् । अरु दिन पूजा नगर्नेले चैत्र शुक्ल अष्टमीका दिन शक्तिपीठमा गई पूजा आराधना गर्ने गरेका छन् । चैते दसैँसमेत भनिने चैत्र शुक्ल अष्टमीका अवसरमा आज शनिबार पनि परेकालेसमेत शक्तिपीठमा विशेष भीड देखिएको छ । सामान्य शनिबार पनि गुह्येश्वरीलगायत देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । गुह्येश्वरीमा चैते दसैँका अवसरमा आज बिहानैदेखि आउने भक्तजनको भीड बढेको स्थानीयवासीसमेत रहनुभएका ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ११ : ३४ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने