१४ असार २०८३, आइतबार | June 29, 2026

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई



बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई अध्यक्ष तथा नवल गुरुङलाई महासचिवको जिम्मेवारी दिएको छ । मंगलबार बुटवलमा सम्पन्न भएको विशेष साधारणसभाको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणध्वज गौतमले उद्घाटन गर्दै खेल क्षेत्रमा बजेट अभाव हुदा पूर्वाधार विकासमा गति लिन नसकेको बताए ।

देशको बजेटको कुल रकममध्ये ०.१७ प्रतिशत तथा प्रदेशको कुल बजेटको ०.१६ प्रतिशतमात्र खेलकुदमा रहेको उनले बताए । ‘परिषदबाट सबै खेलकुद हेर्ने जिम्मेवारी हुन्छ ।’- उनले भने । खेलकुदको शुरुवात र नेपालमा विकासक्रमबारे प्रकाश पार्दै कुनै बेला मनोरञ्जन हुँदै अहिलेको अवस्थामा आईपुगेको उनले बताए ।

नवनियुक्त अध्यक्ष योग गुरुङले भलिबल खेलमा लुम्बिनी प्रदेशको पहिचानलाई कायम राख्ने गरि खेलाडी उत्पादन, प्राविधिक जनशक्ति उत्पादन र खेल गतिविधिलाई जोड दिने बताए ।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भिम वलीले नेतृत्वबाट संघको गतिविधि नहुदा विधानको ब्यवस्था अनुसार नै विशेष बैठक गरि विशेष साधारण सभामार्फत नया नेतृत्व चयन भएको बताए ।

भलिबलको ईतिहास र लुम्बिनी क्षेत्रको योगदानलाई प्रष्टाउदै अबको योजनाबारे प्रकाश पारे । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले संघको विशेष साधारण सभाबाट गति लिने वातावरण बन्नेमा आशावादी रहेको बताए । देशकै भलिबल खेलाडी उत्पादनमा लुम्बिनी प्रदेशको महत्वपुर्ण योगदान रहेको भन्दै यसमा सरकारबाट लगानी जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष कृष्णा पाठकले प्रदेश गठनको उदेश्य अनुसार काम गर्न टिम सफल नहुदा विशेष बैठक गर्ने वातावरण सृजना भएको बैठक बस्नेदेखि कार्ययोजना बनाउने सम्मको काम गर्न नसकिएको उनले बताईन ।

कार्यक्रममा केन्द्रीय सचिव झक बहादुर मिदुन, केन्द्रिय सदस्य किशोर आचार्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, उपाध्यक्ष रमेश कर्माचार्यले शुभकामना दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा