१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु



तेहरान । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।

सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार अफगानिस्तानको रहेका छन् । समाचार अनुसार राजधानी तेहरानबाट करिब २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान सहर नजिक उक्त दुर्घटना भएको हो ।

राष्ट्रपति मसुद पेजेस्कियानले छानबिन गर्न आदेश दिएका छन् । समाचारमा भनिएको छ कि पहिलो नजरमा यो खानीमा सुरक्षा उपायहरूलाई बेवास्ता गरिएको देखिन्छ ।

इरानमा हरेक वर्ष औद्योगिक दुर्घटनामा करिब ७ सय कामदारको मृत्यु हुने गरेको छ । गत हप्ता पनि उत्तरपश्चिम इरानमा फलाम खानी भत्किँदा त्यहाँ काम गर्ने एक कामदारको मृत्यु भएको थियो ।

सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा विस्फोट हुँदा दर्जनौं कामदारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ५५ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका