२४ मंसिर २०८२, बुधबार | December 10, 2025

आगामी बजेटमा सुझाव दिन नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको छलफल तथा अन्तरक्रिया सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।

बुटवलमा आयोजित पूर्ब बजेट छलफलमा युवा उद्यमीहरूले युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले स्वदेशी उद्योगहरूलाई प्रबर्द्धन र प्रोत्साहन गर्न नीति बजेटले लिनुपर्ने बताए ।

त्यसका लागि कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर फरक गरिनुपर्ने, मझौला कर कार्यालयहरू विकेन्द्रीकरण गरिनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षा भए करको दायरामा सहभागिता बढ्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्योगहरूसँग जोड्न उनीहरूले आग्रह गरेका छन् । युवा उद्यमीहरूले उधारोका आफुहरू निकै समस्या परेको बताए । उधारोकै कारण उद्योग बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको समेत उनीहरूले बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले उद्यमशिलता प्रबर्द्धन गर्न सरकारले बनाएको स्टार्टअप कोष युवामा मात्रै केन्द्रित हुनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा उद्यमीहरूले दिएको सुझाव उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई बुझाईने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ११ : २७ बजे

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता