२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन



बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले बुटवलमा तेस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ । बुटवल उपमहानगरपालिका-६, पुष्पलाल पार्कमा बैशाख १ गतेदेखी सञ्चालन नयाँ प्रविधि र सेवासहित युनिक डेन्टलले आफ्नो सेवा सुरु गर्न लागेको सनिवार बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रालिले ६० लाख लगानीमा नववर्ष २०८२ को सुखद अवसरमा बुटवल-६, पुष्पलाल पार्कमा तेस्रो शाखा संञ्चालनमा ल्याउन लागेको सञ्चालक मेघराज बुढाथोकीले जानकारी दिए ।
२०७४ सालमा तिलोत्तमा-५, मणिग्राम, रुपन्देहीबाट शुरु गरेको प्रालिले बुटववमा तेस्रो शाखाका रुपमा सुलभ, सुरक्षित र गुणस्तरीय दन्त सेवा सेवाग्राहिहरुसम्म पुर्याउने लक्ष्यसहित अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक र बिरामी-मैत्री सेवा दिने सञ्चालक बुढाथोकीले जनाएका छन् ।

स्थापनाको तीन वर्षपछि, वि.सं. २०७७ मा बाणगङ्गा-४, चारनम्बर, कपिलवस्तुमा दोस्रो शाखा स्थापना गरी सो क्षेत्रका नागरिकलाई समेत आधुनिक दन्त सेवा प्रवाह गर्दै आएको बताउँदै दन्त सेवाको नयाँ अध्याय प्रारम्भ गरेको उनको भनाई छ ।

प्रालिका अर्का सञ्चलक जिवन बुढाथोकीले केन्द्रमा आधुनिक उपकरणहरू, डिजिटल प्रविधि, स्वच्छ वातावरण, सहज पहुँच र उच्च व्यावसायिक सेवासँगै बिरामीको सम्पूर्ण सन्तुष्टिलाई सर्वोच्च प्राथमिकतामा राखिएको बताए ।

डेन्टलबाट ७ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले उपचारमा विशेष दक्षता दिने जनाइएको छ । डेन्टल इम्प्लान्ट सेवा, ब्रेसेस , कस्मेटिक डेन्टिस्ट्री , रुट क्यानल उपचार, दाँत उखाल्ने सेवा, क्राउन, ब्रिज र डेन्ट्चर सेवा, बालबालिकाको दन्त उपचार, स्केलिङ र पोलिसिङ तथा डिजिटल डेन्टल एक्स-रे लगायतका सेवाहरु प्राप्त गर्न सकिने डा. भावना मुल्मीले बताईन् ।

आगामी दिनमा अनलाइन अपोइन्टमेन्ट प्रणाली लागू गर्ने, बिद्युतिय मेडिकल रेकर्ड प्रणाली संचालनमा ल्याउने, विद्यालय, समुदाय र वृद्धाश्रमहरूमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने, खानपान, दन्त हेरचाह तथा बालबालिकाको दन्त सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू संचालन गर्ने, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि समावेशी र छुटयुक्त सेवा प्रदान गर्ने योजना रहेको सञ्चालक बुढाथोकीले सो अवसरमा जानकारी दिए ।

प्रालिमा नयाँ शाखाको शुभारम्भको अवसरमा २०८२ बैशाख महिना भरि सबै प्रकारका चेकजाँच तथा परामर्श सेवा निःशुल्क प्रदान गर्नुका साथै सम्पूर्ण उपचार सेवामा १५% छुट दिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ४२ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले