२० मंसिर २०८२, शनिबार | December 6, 2025

दुई गोलले पछाडि परेको सिटीको कमब्याक जित



काठमाडौं । दुई गोलले पछाडि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसीपको शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ५-२ ले हराएको छ । सिटीको घरेलु इत्तेहाद रङ्गशालामा भएको खेलमा एबराची एजे र क्रिस रिचार्डले २१ मिनेटमा नै त्रिस्टल प्यालेसका लागि दुई गोलको अग्रता दिलाएका थिए ।

केभिन डे ब्रायनले ३३ औँ मिनेटमा सानदार फ्रिकिक प्रहार गर्दै सिटीलाई खेलमा फर्काए । ३६ औँ मिनेटमा ओमार माउमोसले गोल गर्दै खेल बराबरीमा फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा माटो कोभासिकले दोस्रो हाफको सुरुवातमा नै सिटीलाई अग्रता दिलाएका थिए ।

दुई राम्रो अवसर गुमाएका जेम्स म्याकएटी ५६ औँ मिनेटमा गोल गरे। निको ओ रेलीले अन्तिम गोल गरे ।

शनिबार भएका अन्य खेलमा दोस्रो स्थानको आर्सनल र ब्रेन्टफोर्डबीच १-१ गोलको बराबरी भयो । तेस्रो स्थानमा रहेको नटिङघम भने एभरटनसँग १-० ले पराजित भएको छ । रेलिगेसनमा परिसकेको साउथहाम्टनलाई अस्टन भिल्लाले ३-० ले हरायो । ब्रिङटन र लिचेस्टर सिटीले २-२ गोलको बराबरी खेले । तालिकामा ३१ खेल खेलेको लिभरपुलको ७३ तथा ३२ खेले खेलेको आर्सनल ६३ अङ्क छ ।

फरेस्टको ५७ तथा सिटीको ५२ अङ्क छ । भिल्ला ५४ अङ्कसहित पाँचौँ स्थानमा छ । ३१ खेल मात्र खेलेको चेल्सी तथा ३० खेल खेलेको न्यु क्यासलको ५३ अङ्क छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय