११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

दुई गोलले पछाडि परेको सिटीको कमब्याक जित



काठमाडौं । दुई गोलले पछाडि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसीपको शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ५-२ ले हराएको छ । सिटीको घरेलु इत्तेहाद रङ्गशालामा भएको खेलमा एबराची एजे र क्रिस रिचार्डले २१ मिनेटमा नै त्रिस्टल प्यालेसका लागि दुई गोलको अग्रता दिलाएका थिए ।

केभिन डे ब्रायनले ३३ औँ मिनेटमा सानदार फ्रिकिक प्रहार गर्दै सिटीलाई खेलमा फर्काए । ३६ औँ मिनेटमा ओमार माउमोसले गोल गर्दै खेल बराबरीमा फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा माटो कोभासिकले दोस्रो हाफको सुरुवातमा नै सिटीलाई अग्रता दिलाएका थिए ।

दुई राम्रो अवसर गुमाएका जेम्स म्याकएटी ५६ औँ मिनेटमा गोल गरे। निको ओ रेलीले अन्तिम गोल गरे ।

शनिबार भएका अन्य खेलमा दोस्रो स्थानको आर्सनल र ब्रेन्टफोर्डबीच १-१ गोलको बराबरी भयो । तेस्रो स्थानमा रहेको नटिङघम भने एभरटनसँग १-० ले पराजित भएको छ । रेलिगेसनमा परिसकेको साउथहाम्टनलाई अस्टन भिल्लाले ३-० ले हरायो । ब्रिङटन र लिचेस्टर सिटीले २-२ गोलको बराबरी खेले । तालिकामा ३१ खेल खेलेको लिभरपुलको ७३ तथा ३२ खेले खेलेको आर्सनल ६३ अङ्क छ ।

फरेस्टको ५७ तथा सिटीको ५२ अङ्क छ । भिल्ला ५४ अङ्कसहित पाँचौँ स्थानमा छ । ३१ खेल मात्र खेलेको चेल्सी तथा ३० खेल खेलेको न्यु क्यासलको ५३ अङ्क छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका