२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

साहित्य सङ्गम, बुटवलको ३२१ औँ मासिक शृङ्खला सम्पन्न



बुटवल । बुटवलको सबैभन्दा जेठाे साहित्यिक संस्था साहित्य सङ्गम, बुटवलको ३२१ ओैँ मासिक शृङ्खला बुटवलस्थित न्यू हाेराइजन मा. वि., कालिकानगरकाे सभाहलमा सम्पन्न भएको छ ।

हरेक महिनाकाे अन्तिम शनिबार आयाेजना गरिने साहित्यिक शृङ्खलामा प्रारम्भदेखि नै नियमित सञ्चालनका लागि कुनै ओैपचारिक समिति बनाएको छैन । कार्यक्रम स्थलमा निर्धारित समयमा उपस्थित साहित्यकार वा साहित्यानुरागी स्रष्टाहरूबाट ओैपचारिक कार्यक्रम सञ्चालन गरी शृङ्खला सञ्चालन गर्ने प्रचलन रहँदै आएको छ ।

सङ्गमकाे ३२१ ओैँ मासिक शृङ्खला डा. रेवतीरमण पाैडेलकाे अध्यक्षता, बालकृष्ण भण्डारीकाे प्रमुख आतिथ्य र हरिप्रसाद पाैडेलकाे सञ्चालनमा सम्पन्न गरिएको छ । सङ्गमकाे प्रमुख विशेषता हरेक शृङ्खलामा स्रष्टाका रचनाहरूमा निर्मम समीक्षा गरिन्छ । यसबाट सर्जकहरूलाई आफ्ना रचनाका गुण र दाेषका बारेमा तत्काल जानकारी लिन सहज हुन्छ भने आगामी शृङ्खलामा थप परिष्कृत रचना सृजना गर्न हाैसला प्राप्त हुन्छ ।

यस शृङ्खलाकाे समीक्षा संस्कृतिविद् राजेन्द्र आचार्यले गरेका थिए । कार्यक्रममा बालकृष्ण भण्डारी, डा. रेवतीरमण पाैडेल, राजेन्द्र आचार्य, हरिप्रसाद पाैडेल, दुर्गा थापा मगर, शालिकराम पाैडेल, गणेश भण्डारी, याम थापा, लक्ष्मी पन्थी लगायतका दर्जन बढी साहित्यकार, साहित्यानुरागी तथा नवाेदित बाल प्रतिभाहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रममा मूलतः समसामयिक विषयवस्तु, राष्ट्रियता, नव वर्ष, सामाजिक विकृति, प्राकृतिक सुन्दरता आदि विषयमा रचना वाचन गरिएका थिए ।

सङ्गमकाे आगामी ३२२ ओैँ मासिक शृङ्खला न्यू हाेराइजन मा. वि. बुटवलकाे सभाहलमा वैशाखको अन्तिम शनिबार बिहान ठिक ११ बजेबाट सुरु गरिने कार्यक्रम संयाेजक हरिप्रसाद पाैडेलले जानकारी गराए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ४३ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै