२२ माघ २०८२, बिहिबार | February 5, 2026

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा



नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्जको प्रवेशद्वारकै रुपमा रहेको धम्बोझी चोकमा आजबाट संचालनमा आएको महाराजा रेष्टुरेन्टको एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले उदघाटन गरेका छन् ।

नेपालगन्जमा जुनसुकै कामका लागि आउनेहरुका लागि पायक पर्ने गरि रेष्टुरेन्ट संचालन गरिएको महाराजा रेष्टुरेन्टका संचालक डम्बरबहादुर चन्दले बताए । छिटो सेवा दिने मुलमन्त्रलाई आत्मसाथ गर्दै हतारमा बजार आएका ग्राहकलाई लक्षित गर्दै रेष्टुरेन्ट संचालन गरिएको उनले बताए । ‘दुरदराजबाट आएका ब्यवसायी वा बटुवाहरुलाई सधैं हतार हुने र धरैबेर साथी कुर्न वा समय खेर फाल्न नभ्याउने अवस्थालाई रेष्टुरेन्टको सेवाले समाधान गर्नेछ,’ उनले भने, ‘फाष्ट सर्भिस हाम्रो मुलमन्त्र हुनेछ ।’

संचालक चन्दले मेनु र मूल्यमा पनि तुलनात्मकरुपमा सस्तो तर गुणस्तरिय खाद्य बस्तु रहेको दाबी गरे । सामान्य चोकबजारमा ठेलामा खाने गरेका ग्राहकले पनि महाराजामा एसीमा बसेर सोही मूल्यमा खाजा खान सक्नेगरि ब्यवस्था मिलाएको उनले बताए । सस्तो मेनुका नाममा गुणस्तर र स्वस्थकर खाद्यमा आफुले सम्झौता नगर्ने चन्दले बताए । पूर्ण वातानुकल रेष्टुरेन्टमा एकै पटक १२५ जना सम्मले सेवा लिन सक्ने उनले बताए ।

१ करोड ४८ लाख लगानी रहेको रेष्टुरेन्टमा दक्ष जनशक्ति सहित १८ जनाले रोजगारी पाएको उनले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो तलामा संचालन भएको रेष्टुरेन्टमा पहिलो तलामा फाष्टफुड उपलब्ध हुनेछन् भने दोस्रो तलामा बार सहितको पूर्ण सुबिधाको रेष्टुरेन्टको सेवा पाइने छ ।

विषेशगरि नेपालगन्ज बाहिरबाट अफिसियल र ब्यवसायिक प्रयोजनका लागि नेपालगन्ज आउने ग्राहकलाई रेष्टुरेन्ट संचालनबाट सहज हुने संचालक चन्दले अपेक्षा गरेका छन् । हवाहुरी र खुल्ला सडकका छेउछाउमा बेचिने अस्वस्थ परिकार सेवन गर्न बाध्य बटुवा र पाहुनालाई बातानुकल वातावरणमा रेष्टुरेन्टबाट सुबिधा र स्वस्थकर परिकार उपलब्ध हुने उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २२ बजे

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना