२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अर्थमन्त्री खतिवडाले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजिनामापत्र बुझाएका छन् । राजीनामा बुझाउनुअघि खतिवडाले अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा खतिवडाले सामुहिक फोटो समेत खिचाएका छन् ।

त्यसक्रममा मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । आफुले बसालेको जगलाई अब आउने अर्थमन्त्रीले अगाडि बढाउने उनले विश्वास व्यक्त गरे ।

वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले अझै बढी चुनौती कायमै रहेको अर्थमन्त्री खतिवडाले बताएका थिए ।

यो पनि पढ्नुहोस : ‘डी जुरे’ खतिवडा राजीनामा दिँदैस तर ‘डी फ्याक्टो’ खतिवडा पुनः प्रवेश गर्दैछन् सिंहदरबार

मन्त्री खतिवडाले सामुहिक तस्विर खिचाएर अर्थ मन्त्रालयबाट औपचारिक रुपमा विदा भएका छन्।

राष्ट्रिय सभमा राष्ट्रपतिबाट मनोनित भएका खतिवडा गोलाप्रथामा दुई वर्षका लागि मात्र सांसद छनौट भएका थिए । उनको सांसद पद गत फागुन २१ गते सकिएका थियो । त्यसपछि ६ महिना सांसद विना पनि पुनः नियुक्ति पाएर खतिवडाले अर्थमन्त्रालयको पद सम्हालेका थिए । त्यसलगत्तै उनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका थिए । खतिवडा सरकारका प्रवक्ता समेत रहेका थिए ।

मन्त्री खतिवडालाई सूचना तथा प्रविधि मन्त्रालयबाट पनि विदाई गरिएको छ । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा खतिवडाले सूचना, सञ्चार, विज्ञापनआदिबारे आफुनो सामान्य जानकारी रहेपनि अनेपेक्षित आइपरेको जिम्मेवारी सम्हाल्नुपरेको बताएका थिए ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ६ : ४३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार