१४ बैशाख २०८३, सोमबार | April 28, 2026

नेपालगन्जको सोल्टी वेस्टेन्ट प्रिमियर होटलले मनायो छैठौं स्थापना दिवस



नेपालगन्ज । नेपालगन्जको पहिलो ५ तारे होटलकारुपमा रहेको सोल्टी वेस्टेन्ट प्रिमियरले आफ्नो स्थापनाको छैठौं स्थापन दिवस मनाएको छ । १६ अप्रिल २०१९ मा संचालनमा आएको सोल्टीले स्थापना भएदेखि पहिलो पटक छठौं स्थापन दिवस (वार्षिकोत्सव) मनाएको हो ।

सोल्टी होटलका आन्तरिक कर्मचारी परिवारको उपस्थितीमा आयोजना गरिएको वार्षिकोत्सवमा कर्मचारीहरुको स्तरबृद्धिका साथै वार्षिक बोनस वितरण गरिएको छ । उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिनुका साथै असल काम गर्ने कर्मचारीको तलवमान र स्तरबृद्धि गरिएको होटलले जनाएको छ । वर्ष उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिना कर्मचारी तथा बिधागत उत्कष्ट कर्मचारीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा बोल्दै सोल्टी वेस्टेन्ट प्रिमियर नेपालगन्जमा महाप्रबन्धक राजविक्रम शाहले कर्मचारीहरुको दक्षता र लगनशीलताले होटलले हरेकदिन सफलता पाउँदै गएको बताए । उनले कर्मचारीहरुको सेवाभाव र आन्तरिक आत्मविश्वासलाई अझै माथि उठाउन होटलले बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । यसअघि कोभिड लगायतका कारण वार्षिकोत्सव मनाउन नसकिएको जनाउँदै उनले आगामी वर्षदेखि नियमित स्थापना दिवस मनाउने प्रतिबद्धता जनाए । सो अवसरमा उनले सन २०२४ को बोनस घोषणा गरेका थिए ।

सोल्टी वेस्टेन्ट प्रिमियरले आन्तरिक प्रतिस्पर्धाका आधारमा उत्कृष्ट कर्मचारी छनौट गर्ने गरेको महाप्रबन्धक शाहले बताए । उत्कृष्ट वर्ष कर्मचारीको मनोनयनमा परेका कर्मचारीहरुलाई होटलका सम्पूर्ण कर्मचारीहरुले गोप्य मतदान गरेर छनौट गरेका थिए ।

समारोहमा कर्मचारीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । होटलका बिभागिय प्रमुखहरुले कार्यक्रममा शुभकामना मन्तब्य दिँदै होटललाई अझै उँचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरका थिए ।

सोल्टी समुहले नेपालगन्ज सहित काठमाडौं, इटहरि, जनकपुर, चितवन, भैरहवा, नगरकोटमा गरि ७ वटा होटल र रिसोर्ट संचालन गरिरहेको छ ।

सोल्टी वेस्टेन्ड प्रिमियर, नेपालको पहिलो ऊर्जा र वातावरणीय डिजाइनमा हरित भवन मूल्याङ्कन प्रणाली प्रमाणित होटल हो । नेपालगञ्जमा वेस्टेन्ड प्रिमियरले स्थानीय, अन्तर्राष्ट्रिय आगन्तुक पर्यटकहरुलाई गुणस्तरिय सेवा दिँदै आएको छ । ३७ कट्ठा बढी क्षेत्रफलमा रहेको होटलले स्वीट सहित ८० वटा सुबिधासम्पन्न कोठाहरु, कार्यक्रम हल, स्पा, क्लव सहित क्यासिनोबाट सेवा दिँदै आएको छ । होटलको आजकै दिन ६ वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : १६ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११