६ माघ २०८२, मंगलबार | January 20, 2026

रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले आफु विधायिकी काममा व्यस्त हुनुपर्ने भएकोले पार्टीको पदबाट बाहिरिएको जिकिर गरेकी छिन् । उनले पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा लागु हुनुपर्ने जिकिर गर्दै राजीनामा दिएकी हुन् । उनले केही समयअघि नै पार्टीको पदबाट राजीनामा दिएको बताइएको छ । सदनमा रास्वपाको भूमिका जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले आफुले पार्टीको जिम्मेवारीमा भन्दा विधायिकी भूमिकामा सक्रिय हुन चाहेको सुमनाले जिकिर गरेकी छिन् ।

श्रेष्ठलाई २०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : ४० बजे

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।