३ बैशाख २०८३, बिहिबार | April 17, 2026

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा



खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स क्लबको अध्यक्षमा तिलकवीर सुनार सर्वसम्मत चयन भएका छन् । शनिबार खजुरा गाउँपालिका – ४ डि गाउँमा बसेको गाउँ भेलाले तिलकबिरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तिलकबिर दोस्रो पटक क्लवका अध्यक्ष बनेका हुन् । यसअघि उनी ९ वर्ष सम्म नेतृत्वमा रही क्लवको नेतृत्व गरेका थिए ।

क्लबमा अन्य पदाधिकारी समेत सर्वसम्मत चयन गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा नारायण खनाल, द्वितीय उपाध्यक्षमा नवराज खत्री चयन भएका छन् । यस्तै मानार्थ उपाध्यक्षमा दानबहादुर गुरुङ , सचिवमा बालाराम खत्री, सह सचिवमा हरी प्रसाद विक, कोषाध्यक्षमा अनिल खत्री चयन भएका छन् ।

सदस्यहरूमा रविन्द्र पुन, तेजेन्द्र नाथ योगी, कर्ण बहादुर सुनार, साकार खड्का, योगेन्द्र खत्री, इन्द्रबहादुर सुनार, रिमा थापा, बबिता विक र दीपेन्द्र शाहीलाई गाउँभेलाले सर्वसम्मत चयन गरेको हो । क्लवको स्थापा कालदेखि नै गाउँ भेलाले नेतृत्व चयन गर्दै आएको छ ।

अघिल्लो महिना मात्र दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिता सम्पन्न गरेको क्लबले आगामी वर्ष गोल्डकप प्रतियोगिता गराउने गरी तयारी अहिलेबाटै सुरु गरिने नवनिर्वाचित अध्यक्ष तिलकवीर सुनारले बताए ।

नवनिर्वाचित कार्यसमितिलाई आइतबार सपथ ग्रहण, निर्वाचित भएको प्रमाण पत्र र निवर्तमान कार्यसमितिलाई विदाई तथा सम्मान पत्र प्रदान गरिने निर्वाचन समिति संयोजक लोक बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ५७ बजे

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

काठमाडौँ । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका

इन्धनको मूल्यवृद्धिसँगै भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

खजुरा गोल्डकप : एपिएफलाई तिन गोल गर्दै नाइजेरियन जोन क्लब सेमिफाइनलमा

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

रुपन्देहीबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध

कांग्रेस बैठक : कार्की जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, अर्को न्यायिक आयोगको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की