३० बैशाख २०८३, बुधबार | May 13, 2026

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर नजिक सुक्खा पहिरो खस्दा राजमार्गको दुवैतर्फको सवारी आवागमन प्रभावित भएको छ ।

आज बिहान करिब ११ बजे अचानक सडकको बायाँ किनाराबाट सुक्खा पहिरो खसेपछि राजमार्गको एक साइड पूर्णरूपमा अवरुद्ध भएको हो । अर्काे साइडबाट पनि सवारी आवागमनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मधु नेपाले बताए ।

प्रहरीका अनुसार विगत केही दिनयता सो क्षेत्रको चिरा देखिएको थियो । बिहानैदेखि साना ढुंगा र माटो खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिम अनुमान गरिएको थियो । पहिरो खस्दा कुनै मानविय क्षति भने नभएको सुचना अधिकारी नेपालले जानकारी दिए ।

घटनास्थलमा पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ । निर्माण कम्पनीको समन्वयमा आवश्यक मेसिनरी र जनशक्ति परिचालन गरी सडक यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसबीच, प्रहरीले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५७ बजे

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ । तनहुँको देवघाट गाउँपालिका(४ मा १२६ मेगावाट क्षमताको तल्लो

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई