८ बैशाख २०८१, शनिबार | April 20, 2024

डिउटीमा ढलेर बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरीको मृत्यु भएको छ ।

डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गण बङ्कमा कार्यरत उनी राति १२ बजे पछि डिउटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा डिउटीमा खटिएका ऐर एक्कासि ढलेर बेहोस भए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

ढलेर बेहोस भएका ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको आज बिहान ५ः५० बजे मृत्यु भएको क्षेत्रीले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ११ : १३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले