१९ माघ २०८२, सोमबार | February 2, 2026

सिद्धबाबा हस्पिटलले सातौँ वार्षिकोत्सव मनायो



बुटवल । सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलले शुक्रबार विविध कार्यक्रमसहित सातौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न आग्रह गरे ।

उपचारमा आउने सेवाग्राहीप्रति सकारात्मक व्यवहार गर्दै सेवालाई थप विश्वसनीय बनाउन आग्रह गरे । प्राय अस्पतालहरुमा बिरामी र चिकित्सकहरु बीच सूचनाको पहुँच कम हुने गरेको बताउँदै उनले सर्वसाधरणले समेत बुझ्नेगरी अस्पतालका सेवा र शुल्क बारे उल्लेख गर्न आग्रह गरे । ‘सामान्य नागरिकले बुझ्ने गरि सूचनाहरु राख्नुपर्छ । आफूले बुझ्नेगरी राखेमा सबै सबैले बुझ्न सक्छन् भन्ने होइन सेवाग्राहीले पनि बुझ्नेगरि हुनुपर्छ ।’- नगर प्रमुख पाण्डेयले भने, स्वास्थ्य सेवालाई बिस्तार गरि भारतबाट समेत सेवाग्राही आउने वातावरण निर्माण गरि अस्पताल र सिंगो बुटवलले आर्थिक लाभ लिन पाउने अवस्थाको निर्माण गरौं ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वाष ढकाल, अस्पतालका कानुनी सल्लाहकार महेन्द्र पाण्डेय, बुटवल वडा प्रहरी कार्यालयका प्रमुख विष्णु बस्नेत लगायतले बोल्दै स्वास्थ्य सेवालाई विश्वसनीय र सेवाग्राहीमैत्री बनाउँदै लैजान सुझाब दिए । अस्पतालका सञ्चालक तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ शक्ति बस्नेतले विशिष्टिकृत अस्पतालको रुपमा सिद्धाबाबा हस्पिटल स्थापनासँगै बुटवल बाहिर जानै पर्ने बाध्यतालाई कम गर्न सफल भएको दाबी गरे ।

फरक प्रसङ्गामा डा. बस्नेतले चिकित्सा क्षेत्रमा लागेका ठूलो जनसङ्ख्या विदेश पलायन हुने गरेको बताउँदै यसलाई रोक्नका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ‘जुन रफ्तारले युवा चिकित्सकहरुले देश जोड्ने स्थिती आएको छ । यसलाई सरकारले रोक्नुपर्छ ।’- बस्नेतले भने, ‘हरेक वर्ष २५ सय बढी चिकित्सकहरुले विदेश जानका लागि गुड स्टान्डिङ सर्टिफिकेट लिने गरेका छन् । अवस्था यस्तै रह्यो भने नेपालको भोलीको अवस्था कस्तो रहला ?’ चिकित्सकहरुले अति न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यताले गर्दा युवा चिकित्सकहरु विदेशीन बाध्य हुनु परेको उनको गुनासो छ ।

कार्यक्रममा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित कर्मचारीहरुमा टिकादेवी राना, मञ्जु थापा र नरेश थापा क्षेत्री रहेका छन् । अस्पतालका प्रशासकीय प्रमुख प्रकाश न्यौपानेको सञ्चालन तथा निर्देशक डा. यमन कुमार प्रधानको स्वागतमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा. दिपेन्द्र प्रधानले अस्पतालको अवस्था तथा भागी योजना बारे जानकारी गराएका थिए । युवा चिकित्सकहरुको लगानीमा स्थापना गरिएको सिद्धबाबा अस्पतलमा हाल १ सय जना बढी चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २८ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३