७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताए ।

उक्त नीति अनुमोदनका लागि केही दिनमा मन्त्रिपरिषद् पेस गरिने बताउँदै उनले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

देशको दिगो विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकको आय वृद्धि तथा आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको प्रष्ट पारे ।

करिब ६० हजार रोजगारी सिर्जना गरेको चिया उद्योगलाई थप प्रोत्साहन गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गरिने उनको भनाइ थियो ।

कृषि सचिव गोविन्दप्रसाद शर्माले कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन तथा निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

चियाविज्ञ चन्द्रभूषण सुब्बाले मुलुकमा उत्पादन हुने विभिन्न प्रकारका चियाको विशेषता तथा विश्व बजारमा नेपाली चियाको मागबारे कार्यपत्र प्रस्तुत गरे ।

यस वर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार १’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दिवसका अवसरमा चिया प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा विभिन्न जिल्लाका चिया कृषक, सहकारी, उद्योगीरव्यवसायीबीच छलफल गरिएको थियो ।

बोर्डको आव २०८०/८१ को तथ्याङ्कअनुसार नेपालमा कूल २० हजार १६० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । यसअवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषक छन् । पछिल्लो नौ महिनामा करिब रु तीन अर्ब ५७ करोडको चिया निर्यात गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ५५ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले