१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो



कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षीय कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको हो ।

घरबाट हराएको भनेर उजुरी आएको ८ दिनपछि कुशलको गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीमा बालक हराएको भन्दै कुशलकि आमाले जाहेरी दिएकी थिइन् ।

प्रहरीका अनुसार आफ्नो बुवाको सानै उमेरमा मृत्यु भएपछि मृतक कुशल उनका दोस्रो बुवा र आमा सहित कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा भाडाको कोठामा बस्दै आएका थिए । स्थायी घर दैलेखको दुल्लु रहेका कुशलको आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसंग दोस्रो विहे गरेकी थिइन् ।

मृत अवस्थामा शव भेटिएसँगै प्रहरीलदे कुशलका आमा र दोस्रो बुवालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मृतक कुशल कोहलपुरमा माविमा अध्ययनरत थिए । घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : १४ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना