२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सङ्क्रमित प्रहरीका लागि अलग्गै आइसोलेशन



भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि आइसोलेशन सञ्चालनमा आएको छ ।

अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेशन तयार पारेको हो ।

यसका लागि प्रहरीले मध्यपुर थिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ श्ययाको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेशन तयार पार्ने काम भएको बताए ।

भक्तपुरका प्रहरीमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र सङ्क्रमितलाई खरिपाटीस्थित आइसोलेशनमा पठाउने गरिएको उनले बताए ।

उनले प्रहरी परिसरका सङ्क्रमित एक प्रहरी निको भएर ड्युटीमा फर्किसकेको, जगाती प्रहरी वृत्तका प्रहरीमा सङ्क्रमण नभएको, नगरकोट प्रहरी प्रभागमा सङ्क्रमित एकलाई आइसोलेशनमा राखिएको जानकारी दिए ।

उनले परिसरमा रहेका दुई थुनुवालाई सङ्क्रमण भए पनि खरिपाटीस्थित आइसोलेसनमा राखिएको बताए ।

महानगरीय प्रहरी वृत्त थिमिमा भने १३ प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । जसमा तीन जना निको भएर काममा फर्किसकेका प्रहरी नायब उपरीक्षक ऋषिराम कट्टेलले जानकारी दिए ।

सङ्क्रमित १० जना पाठ्यक्रम विकास केन्द्रको आइसोलेशनमा रहेका र तीन सङ्क्रमित निको भएर काममा फर्किएका उहाँले जानकारी दिए ।

बालकोट प्रहरी प्रभागमा सङ्क्रमित एक पनि निको भएर काममा फर्किसकेका छन् ।

प्रहरीका लागि पाठ्यक्रम विकास केन्द्रमा १८ श्यया क्षमताको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याइएको छ । थिमि प्रहरी वृत्तमा रहेका सात जना थुनुवामा पनि सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : १७ बजे

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको