९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

प्रतिमान-नीमा स्मृर्ति प्रतिस्थानले आफ्नो १२ कोठे भवन आइसोलेशन बनाउन सरकारलाई दिने घोषणा



बुटवल । पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराका बुवा स्व. प्रतिमान बोहरा र आमा स्व. नीमा बोहराको नाममा स्थापित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आइसोलेशन सेन्टर सञ्चालनका लागि आफ्नो भवन उपलब्ध गराउने घोषणा गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सीता नर्सरीमा रहेको २ तल्ले १२ कोठे भवनमा अस्थायी आइसोलेशन सेन्टर सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी समुदायस्तरमा फैलिएको र अस्पतालहरुमा बिरामीको चाप बढ्नुका साथै बेडको अभाव भएको भन्दै शुक्रबार बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले आइसोलेशन सेन्टरका लागि भवन उपलब्ध गराउने निर्णय भएको संस्थाकी अध्यक्ष विजया के.सी.ले बताइन् । कोभिड–१९ को कारण नेपाल सरकारको शिक्षा मन्त्रालयको निर्णय अनुसार भौतिक रुपमा विद्यालयमा पठनपाठन बन्द रहेकोले संस्थाको भवनलाई अस्थायी आइसालेशन सेन्टर सञ्चालनका लागि सहमति प्रदान गरिएको उनले जानकारी दिइन् ।

‘प्रतिष्ठानको भवनलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय जुनसुकै तहको सरकारले अस्थायी आइसोलेशन सेन्टरको रुपमा सञ्चालन गर्न सक्ने निर्णय गरेका छौं, ’प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् ।

गत वर्ष पनि कोभिड–१९ को संक्रमणका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग पुर्याउने उद्देश्यले २०७६ चैत ११ देखि करिब ९ महिना भवन परिसरमा क्वारेन्टिन, होल्डिङ सेन्टर, हात धुने ठाउँ र शौचालय निर्माण गरी नेपाली सेनाको समन्वयमा सञ्चालन गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ४७ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री