२८ चैत्र २०८२, शनिबार | April 12, 2026

आईपीएल : कोलकाताले दिल्लीलाई १४ रनले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १४ रनको जित निकालेको छ ।

कोलकाताले दिएको २०५ रनका लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । ६.३ ओभरमा दिल्लीले तीन विकेट गुमाउँदै ६० रन जोडेको समयमा कोलकाता बलियो देखिएको थियो । त्यसको लगत्तै कप्तान अक्षर पटेल र फाफ डु प्लेसिसको शानदार ब्याटिङले दिल्ली जित नजिक पुगेको थियो ।

१४ औँ ओभरको दोस्रो बलमा सुनिल नारायणले पटेललाई आउट गरेपछि खेल कोलकाताको पक्षमा मोडिएको हो । पटेलले २३ बलमा ४३ रन प्रहार गरे । उनले डु प्लेसिससँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

दिल्लीका लागि विपराज निगमले १९ बलमा ३८ रन प्रहार गरे । कोलकाताका नारायणले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । वरुण चक्रवर्तीले चार ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए । अङ्कुल रोयले चार ओभरमा २७ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । विष्फोटक सुरुवात गरेको कलकताले तीन ओभरमा एक विकेट गुमाउँदै ४८ रन जोडेको थियो । रहमुल्ला गुरवाजले १२ बलमा २६ रन जोड्दा नारायणले १६ बलमा २७ रन जोडेका थिए । यसैगरी कप्तान अजान्का रहानेले १४ बलमा २६ रन जोडे । यी तीन ब्याट्सम्यान आउट भएपछि कोलकाताले रन जोड्ने क्रम फेरिएको थियो । अंगरिस रघुवंशीले ३२ बलमा ४४ तथा रिकु सिंहले २५ बलमा ३६ र जोडे ।

दिल्लीका मिचेल स्टार्कले चार ओभरमा ४३ रन खर्चेर तीन तथा विपराज निगमले चार ओभरमा ४१ रन खर्चेर दुई विकेट लिए । दिल्लीका लागि सबै भन्दा प्रभावकारी बल पटेल भए । उनले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए ।

अन्तिम ओभरमा कोलकाताले लगातार तीन विकेट गुमाएको थियो । मिचेल स्टार्कले अङ्कुल रोय र रोभमन पावेललाई आउट गरेपछि अर्को बलमा आन्द्रे रसेल रन आउट भए । यस अघि उनले ९ बलमा १७ रन जोडेका थिए । १० खेलमा १२ अङ्क भएको दिल्ली चौथो स्थानमा छ भने कोलकाता ९ अङ्क सहित सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ५९ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख