२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : कोलकाताले दिल्लीलाई १४ रनले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १४ रनको जित निकालेको छ ।

कोलकाताले दिएको २०५ रनका लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । ६.३ ओभरमा दिल्लीले तीन विकेट गुमाउँदै ६० रन जोडेको समयमा कोलकाता बलियो देखिएको थियो । त्यसको लगत्तै कप्तान अक्षर पटेल र फाफ डु प्लेसिसको शानदार ब्याटिङले दिल्ली जित नजिक पुगेको थियो ।

१४ औँ ओभरको दोस्रो बलमा सुनिल नारायणले पटेललाई आउट गरेपछि खेल कोलकाताको पक्षमा मोडिएको हो । पटेलले २३ बलमा ४३ रन प्रहार गरे । उनले डु प्लेसिससँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

दिल्लीका लागि विपराज निगमले १९ बलमा ३८ रन प्रहार गरे । कोलकाताका नारायणले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । वरुण चक्रवर्तीले चार ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए । अङ्कुल रोयले चार ओभरमा २७ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । विष्फोटक सुरुवात गरेको कलकताले तीन ओभरमा एक विकेट गुमाउँदै ४८ रन जोडेको थियो । रहमुल्ला गुरवाजले १२ बलमा २६ रन जोड्दा नारायणले १६ बलमा २७ रन जोडेका थिए । यसैगरी कप्तान अजान्का रहानेले १४ बलमा २६ रन जोडे । यी तीन ब्याट्सम्यान आउट भएपछि कोलकाताले रन जोड्ने क्रम फेरिएको थियो । अंगरिस रघुवंशीले ३२ बलमा ४४ तथा रिकु सिंहले २५ बलमा ३६ र जोडे ।

दिल्लीका मिचेल स्टार्कले चार ओभरमा ४३ रन खर्चेर तीन तथा विपराज निगमले चार ओभरमा ४१ रन खर्चेर दुई विकेट लिए । दिल्लीका लागि सबै भन्दा प्रभावकारी बल पटेल भए । उनले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए ।

अन्तिम ओभरमा कोलकाताले लगातार तीन विकेट गुमाएको थियो । मिचेल स्टार्कले अङ्कुल रोय र रोभमन पावेललाई आउट गरेपछि अर्को बलमा आन्द्रे रसेल रन आउट भए । यस अघि उनले ९ बलमा १७ रन जोडेका थिए । १० खेलमा १२ अङ्क भएको दिल्ली चौथो स्थानमा छ भने कोलकाता ९ अङ्क सहित सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ५९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय