१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता



एजेन्सी । चिनियाँ  रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी राजधानी मस्कोमा भेटवार्ता भएको छ ।

चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ । वार्तामा दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर वार्ता तथा परामर्शद्वारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

भेतमा दुई देशका सन्धि तथा सम्झौताको पालना गर्दै अग्रक्षेत्रमा फौजको नियन्त्रणलाई सबल पारेर वर्तमान वास्तविक नियन्त्रण लाइन पार गरी नचिढाउने, परिस्थितिलाई चर्को पार्ने गतिविधि नचाल्ने र नकारात्मक सूचना प्रचार नगर्ने र नफैलाउने विषयमा छलफल भएको मन्त्री वैले बताए ।

दुबै पक्षले दुई देश र क्षेत्रको शान्ति तथा स्थिरताका लागि साझा प्रयासमा वर्तमान घटनालाई कम गर्दै सिमानाको शान्ति तथा स्थिरताको पक्षमा कुरा राखेका बताइएको छ ।

वर्तमान अवस्थामा सिमानाको शान्ति तथा स्थिरता द्विपक्षीय सम्बन्धका लागि ज्यादै महत्वपूर्ण रहेको भारतीय रक्षामन्त्री सिंहले जोड दिएका थिए । चीन र भारतले सैन्य तथा कूटनीतिलगायत वार्ता मञ्चको संचालनलाई कायम राखेर वार्ता तथा परामर्शद्वारा शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्नुपर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : ३० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’