१६ चैत्र २०८२, सोमबार | March 30, 2026

राजदूत घिमिरेद्वारा बेलायतका राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस



बेलायत । बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरुको सहयोग रहने बताए । उनले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौँ क्षण स्मरण गरेको राजदूत दुवाडीले बताए ।

प्रमाणपत्र ग्रहण गर्दै, राजा चार्ल्सले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदुतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दैै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको दुतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दैै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन आवश्यक रहेको बताए ।

सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स तृतीयको व्यक्तिगत हित र बेलायती जनताको दिगो समृद्धिको कामनासहित पठाएको शुभकामना सन्देश सुनाए । ।

सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक रुपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औँ राजदूत बनेका हुन् ।

समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दुतावासका कर्मचारी पनि सहभागी थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : १० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित