२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : गुजरातले हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बन्यो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको हो ।

यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ । शुक्रबार भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले हराएको हो । २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन । नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो । गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । उनी प्लेयर अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २२४ रन जोडेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ७६ रनको सानदार अर्धशतकीय पारी खेले । साथै जोस बटलरले ३७ बला ६४ रन जोडे । साई सुदर्शनले २३ बलमा ४८ रनको योगदान दिएका थिए ।

हैदरावादका जयदेव उन्नकादले ४ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए । गुजरातको १० खेलमा १४ अङ्क तथा हैदरावादको १० खेलमा ६ अङ्क छ ।

शीर्ष स्थानको होडमा रहेका मुम्बई इन्डियन्स, गुजरात र आरसिबीले समान १४–१४ अंक बनाएका छन् । रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ भने गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमाछन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ५८ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३