३ पुस २०८२, बिहिबार | December 18, 2025

महेश श्रेष्ठको नेतृत्वमा एनआरएनए (घले)को नयाँ कार्यसमिति निर्विरोध चयन



काठमाडौं। शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ ।

काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।

नव निर्वाचित कार्यसमितिको अध्यक्ष महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली), विश्वास दीप लिम्बु (तिगेला) छन् ।

उपाध्यक्ष (महिला) जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल र महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा। बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली छन् ।

त्यस्तै, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद, क्षेत्रीय उपसंयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा २ जना माधव पोखरेल र मीमबहादुर पुर्जा मध्यपूर्व क्षेत्रीय उपसंयोजक २ जनामा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक २ जनामा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक २ जनामा रामप्रसाद कँडेल र प्रताप राना रहेका छन ।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : ३३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका