२५ मंसिर २०८०, सोमबार | December 11, 2023

एनआरएनए महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने



लण्डन ( गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन् । उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन् ।

यस अघि गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा उम्मेदवारी दिने चाहना राखेकी प्रधानले महाधिवेसन प्रतिनिधिहरुको सुझाव र संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिने निचोडमा पुगेको बताइन् ।

सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन् । प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन् । सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन् ।

उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोबर तेस्रो साता अनलाइन (हाइब्रिड)मार्फत हुँदैछ । संघको नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ, डा। हेमराज शर्मा, रविना थापा, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १२ : ५१ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका