रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले भोलिसम्म जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक एवं सांसद रेशम चौधरी पक्राउबारे संसदबाट सरकारको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले भोलिसम्म चौधरीको पक्राउ प्रकरणबारे प्रधानमन्त्रीले जवाफ नदिए सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।
उनले भने ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुनेछौं र संसद अवरोध समेत गर्नेछौं।’
चौधरीको पक्राउबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत प्रश्न उठाए । उनले चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताउँदै पक्राउबारे प्रधानमन्त्री या गृहमन्त्रीलाई थाहा नहुने प्रश्नै नहुने जिकिर गरे ।


















प्रतिक्रिया