९ श्रावण २०८३, शनिबार | July 25, 2026

नेपालगन्जमा सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो तला उदघाटन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा संचालनमा रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र को नवनिर्मित तेस्रो तलाको उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बीच सेवा केन्द्रको उदघाटन गरे ।

वडा नम्बर २ सुनार मण्डीस्थित कार्यालय भवनमा नवनिर्मित तेस्रो तला उद्घाटन गर्दै नगर प्रमुख विष्टले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले सचेतना प्रबद्र्धनमा उल्लेखनीय भूमिका खेलिरहेको बताए । उनले नवनिर्मित तेस्रो तलाको फिनिसिंगमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको उदघाटन समारोहमा सेवा केन्द्रको तेस्रो तला निर्माण तथा क्यालेण्डर (भित्तेपात्रो) प्रकाशनमा सहयोग गरेका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । दाता तथा केन्द्रमा योगदान दिनेहरुलाई नगर प्रमुख विष्ट लगायत अन्य अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा नयाँ सरुवा भएर बाँके आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरलाई स्वागत सम्मान तथा उनीबाट समेत भवनको उदघाटन गरिने कार्यक्रम राखिएपनि कार्यव्यस्तता भन्दै घर्ती कार्यक्रममा आएनन् ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष सुनिल सिंह हमाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग बाणिज्य संघका एसोसियट सदस्य कमल कार्की, सम्मानित ब्यक्तित्वहरु मध्येबाट सेवा केन्द्रका कानुनी सल्लाहकार विरेन्द्र बस्नेत, शक्ति समूहकी लुम्बिनी संयोजक निर्मला पौडेल लगायतले केन्द्रको थप प्रगतिको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ८ : ४६ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन