१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि



पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत दर्जनौं प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीहरु जोखिममा छन् । स्याङ्जाको जिल्ला प्रहरी कार्यालय नै सिल गर्नुपर्ने अवस्था आएपछि पोखराबाट त्यहाँ प्रहरी खटाइएको थियो ।

त्यहाँको प्रहरी प्रमुख नै कोरोना संक्रमित भएका थिए । अहिले उनलाई निको भइसकेको छ भने संक्रमित दर्जनौ प्रहरीले पनि कोरोना जितिसकेका छन् ।

पोखराबाट गएका प्रहरी फर्किएपछि स्वाब टेष्ट गराउँदा सशस्त्र गणमा कार्यरत प्रहरीहरुलाई कोरोना देखिएको थियो । सो गणमै पार्टीमा सहभागिता जनाएका गण्डकी प्रदेश सांसद मोहन रेग्मीलाई पनि कोरोना देखिएर अहिले होम आइसोलेसनमा आरामरत छन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १ : ४० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक