२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जनयुद्धकालका यौनहिँसामा आधारित बृत्तचित्र ‘देवी’ नेपालगन्जमा प्रदर्शन गरिँदै

सत्यघटनाका मुल पात्र देवी खड्कासँग अन्तरक्रिया गरिने



नेपालगन्ज । जनयुद्धकालमा भएको यौनहिंसामा आधारित बनेको वृत्तचित्र देवीको नेपालगन्जमा विशेष प्रदर्शन गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चलन गरेको जनयुद्धमा होमिएकी विद्रोही योद्धा देवी खड्काको जीवनीमा आधारित रहेर बनाइएको वृत्तचित्र यही बैशाख २८ गते आइतबार नेपालगन्जमा प्रदर्शन गरिने भएको हो । नेपालगञ्जको क्यू एफ एक्स हलमा विशेष प्रदर्शन गरिने आयोजन अपराजित फाउन्डेसनले जनाएको छ ।

हाल नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य समेत रहेकी नेतृ देवी खड्काले जनयुद्धका समयमा भएका गम्भिर मानव अधिकार उलङ्घनका घटनाका पीडकहरू लाई उन्मुक्ति दिन नहुने बताउँदै द्वन्द्वकालका यौन हिंसा गर्नेहरू अझैपनि राज्यसत्ताको वरिपरि रहेकाले आफूले न्यायका लागी दवाव दिन यस्तो अभियान सुरु गरेको बताइन । जनयुद्धका समयमा महिलामाथि भएको बर्बर हिंसा बारे जानकारी लिन तथा न्यायका लागी दवाव सृजना गर्न अभियान सुरु गरेको बताउँदै उक्त वृत्तचित्र एक पटक हेरिदिन समेत उनले सञ्चारकर्मी , राजनैतिक दलका नेता , जनप्रतिनिधि , प्रहरी प्रशासन , विद्यार्थी , कानुन व्यवसायी , अधिकारकर्मी लगायत सबै लाई आग्रह गरेकी छन ।

फाउन्डेसनका सदस्य तथा द्वन्द्व पिडीतहरुको न्यायका लागी लड्दै आएका भागिराम चौधरीका अनुसार नेपालगन्जको पुरानो बागेश्वरी हालको क्यू एफ एक्स हलमा दिउसो ३ बजे देखि निशुल्क प्रदर्शन गरिने छ । झण्डै १ घन्टा ३० मिनेट लामो उक्त वृत्तचित्र को निर्देशन सुबिना श्रेष्ठले गरेकी छन् । वृत्तचित्र प्रदर्शन पछि हलमै अभियन्ता देवी खड्का र निर्देशक श्रेष्ठको उपस्थितीमा एक अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ५९ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु