२ पुस २०८२, बुधबार | December 17, 2025

डोटीमा स्क्रबटाइफसका ३० बिमारी फेला



डोटी । यहाँ ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।

जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा उक्त सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका छन् । सङ्क्रमण देखिएका बिरामीमध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसियु आवश्यक पर्ने भएकाले जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पतालका एमडिजिपि डा प्रमोद भट्टले बताए ।

माइट नामक किराको टोकाइबाट स्क्रबटाइफसको सङ्क्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरीरका कलेजो, मस्तिष्क, फोक्सो तथा मृगौलालगायतका अङ्गमा प्रवेश गरी विभिन्न लक्षण देखापर्ने डा भट्टले जानकारी दिए ।

sरोगबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढदै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालयमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । रासस

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : १४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन