१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली



बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको टिजर, ट्रेलर र गीत-संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको यस चलचित्रका कलाकार तथा निर्माण टोलीले बुटवलका दर्शकहरुसँग पनि भेट गरेका छन् । मोफसल यात्रा अन्तरगत शनिबार बुटवल आइपुगेको कलाकारसहितको निर्माण टोलीले बुटवलका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको हो ।

यसैबीच आइतबार बिहान तिलोत्तमास्थित होटल पौवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता विपिन कार्कीले दर्शकबाट उत्साहजनक माया प्राप्त भएको उल्लेख गरे । नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बच्चादेखि बुढा उमेरसम्मका दर्शक हलसम्म पुग्ने गरेको र सबैबाट उत्तिकै माया र सकारात्मक प्रतिक्रिया पाउन सफल भएको दाबी गरे ।

ऊनको स्वीटरबाटै डेब्यू गरेका नायक एलेक्स पारसले माफसल यात्राले आफूलाई उत्साह थपिदिएको प्रतिक्रियाँ दिँदै फिल्म हलमा पुग्दा दर्शकले देखाउने प्रतिक्रियाहरुबाट आनन्द प्राप्त गरिरहेको उल्लेख गरे । यसैगरी नायिक परीक्षा लिम्बु, गायक सुजन चापागाईं तथा कार्यकारी निर्माता मिलन खत्रीले मोफसल यात्राको अनुभव सुनाउँदै आफूहरुले अपेक्षा गरेकोभन्दा बढी उत्साह दर्शकमा देखिएको उल्लेख गरे ।

नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ ।

चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको फिल्मको वितरण काफिया फिल्मस प्रा।लि र कुबेर सिने डिस्ट्रीब्युसनले गरिरहेको छ । फिल्म युनिटले बुटवलपछि चितवन, पोखरा हुँदै पूर्वमा विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने जनाएको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन रश्मी श्रेष्ठसहित विभिन्न सञ्चारकर्मीहरुले कलाकार तथा फिल्म युनिटसँग साक्षात्कार गरेका थिए । पत्रकार डि.बी. सुस्लिङको सञ्चालन तथा चलचित्र पत्रकार संघ रुपन्देही अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ५ : १६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको