८ कार्तिक २०८३, आइतबार | October 26, 2026

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु



सुनसरी । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए ।

बराहक्षेत्र-१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

बाह्र लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ

सुनसरीको बर्जु गाउँपालिकामा रहेको इष्टर्न सुगर मिल्सले एक वर्षमा १२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको छ । चालु आर्थिक वर्षमा बीउबाहेक १२ लाख ८० हजार ६३८ दशमलव ४९ क्विन्टल उखु क्रसिङ भएको महाप्रबन्धक पवनकुमार झाले जानकारी दिए । सबैभन्दा बढी बर्जु गाउँपालिकाबाट आएको उखु क्रसिङ भएको छ भने सबैभन्दा कम रामधुनी नगरपालिकाबाट भएको उनले बताए ।

बर्जु गाउँपालिकाबाट छ लाख ६९ हजार ५८७ दशमलव पाँच र रामधुनी नगरपालिकाबाट एक हजार १० दशमलव ३३ क्विन्टल उखु क्रसिङ भएको झाले उल्लेख गरे । उनका अनुसार जिल्लामा चार हजार ६९३ दशमलव ७१ बिघामा उखुखेती हुँदै आएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ९ : ५८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको