२ पुस २०८२, बुधबार | December 17, 2025

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर



नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढ तर्फ जाँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी माइक्रो बसका चालक रुपन्देहीको देवदह नगरपालिका–२ का ४२ वर्षीय बिनोद सिंह ठाकुर, माइक्रोका सहचालक २९ बर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका–१६ का २१ बर्षीया अनिता नेपाली, ३६ बर्षीया बिष्णु नेपाली र रुपन्देही बुटवल उपमहानगरपालिका–५ का २२ बर्षीया बर्षात सुबेदी गम्भीर घाइते भएका प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

त्यस्तै अन्य घाइतेहरुमा रुपन्देही १३ का ३० वर्यीष जमुना लामा, भरतपुर-१६ का समर्थ नेपाली र होम बहादुर रुचाल र भरतपुर-१९ का अनुप नेपाली रहेका छन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : २१ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको