२८ चैत्र २०८२, शनिबार | April 12, 2026

आईपीएल : चेन्नईलाई हराउँदै राजस्थानको सुखद अन्त्य



काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम खेललाई सुखद् बनाएको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएल यो सिजनको सुखद् अन्त्य गरेको हो ।

यो हारसँगै आईपीएल २०२५ को अंकतालिकामा चेन्नई पुछारमा नै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोली बिचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो ।

मंगलबार राति चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन प्रहार गरे । ३३ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का प्रहार गरे । यसस्वी जयसवालले विस्फोटक सुरुवात गर्दै १९ बलमा ३६ रन जोडे । उनको पारीमा पाँच चौका र दुई छक्का समावेश थियो । कप्तान सञ्जु सामसनले ४१ रन प्रहार गरेको खेलमा राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै १२ बलमा ३१ रन प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो । चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो । डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान गरे । राजस्थानका आकास मद्यवालले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । युधिर सिंहले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट हात पारे । मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए ।

अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ६ : ३३ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख