२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै



काठमाडौं । आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका रूपमा ग्लोबल छनोटमा पुगेको थियो । यसअघि नेपालले युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो ।

नेपाल पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

ग्लोबल क्वालिफायर्सका शीर्ष चार टोलीहरू इङ्गल्याण्ड र वेल्समा सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी-२० आई विश्वकपमा स्थान बनाउने छ । ग्लोबल छनोटमा कुल १० राष्ट्रबीच विश्वकप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा आयोजक टोली इङ्गल्याण्डसहित अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका सिधै छनोट भइसकेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : १५ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी