८ माघ २०८२, बिहिबार | January 23, 2026

मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री वितरण



नेपालगन्ज । कृषि ज्ञान केन्द्र बाँकेले मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री तथा बीउबीजन वितरण गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ गाउँपालिका–५ का ३२ घर मुक्तकमैयालाई स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण वितरण भएको हो ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले सो कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै एउटा परिवारका लागि रु १२ हजार बराबरको कृषि उपकरणसहित बीउबीजन वितरण भएको बताए ।

प्रदेश सरकरको उद्देश्य पनि सीमान्तकृत समुदायका घरपरिवारलाई छनोट गरेर आयआर्जन बढाउन सहयोग गर्ने भएको उल्लेख गर्दै उनले कृषि उपकरण र बीउबीजन निःशुल्क वितरण गरिएको बताए ।

“हामीले कृषि प्राविधिक भेटघाट कार्यक्रममा सरकारी सेवामा पहुँच नभएका व्यक्तिसँग छलफल गरेर उहाँहरुको मागअनुसार कृषि उपकरण र बीउबीजन वितरण गरिएको हो”, प्रमुख घिमिरेले भने । उनले जिल्लाका विभिन्न स्थानमा स्थलगत रुपमा कृषि प्राविधिक भेटघाटले किसान उत्साहित भएको जानकारी दिँदै गाउँगाउँमा जाँदा सरकराको पहुँच नपुगेको क्षेत्र छनोट गरेर विपन्न समुदायलाई कृषि सामग्री र बीउबिजन वितरण गरिएको बताए ।

यस वर्ष ५० घर विपन्न परिवार यस कार्यक्रमबाट लाभान्वित हुने छन् । यसअघि ज्ञान केन्द्रले डुडुवा गाउँपालिका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विपन्न किसानलाई पनि वितरण गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ९ : ०५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा