१३ असार २०८३, शनिबार | June 27, 2026

आफ्नै पुजारीको पर्दाफास गर्दै बागेश्वरी गुठीद्वारा पुस्तक प्रकाशन

कुनैबेला करोडौं सम्पत्तिको गुठी रहेको बागेश्वरी अहिले दैनिक पूजाको रकमको आम्दानीमा सिमित



नेपालगन्ज । नेपालगन्जमा रहेको प्रख्यात शक्तिपीठ बागेश्वरी मन्दिरको गुठी व्यवस्थापन समितिले आफ्नै पुजारीको पर्दाफास गर्दै पुस्तक प्रकाशन गरेको छ । बागेश्वरी शक्तिपीठको महिमा, उत्पत्तिको जनश्रुति, मन्दिरको इतिहास समेटिएको पुस्तकमा मन्दिरलाई बिभिन्न दाताहरुले दान गरेको सम्पत्ति हिनामिनाको तथ्य प्रमाणहरु समावेश गरिएको छ ।

आज एक कार्यक्रमका बीच बागेश्वरी गुठकिा अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा, पूर्व प्राज्ञ सनत रेग्मी सहितका ब्यक्तित्वहरुले पुस्तकको बिमोचन गरे । गुठी समितिले प्रकाशित पुस्तकमा बागेश्वरीलाई तत्कालिन बलरामपुर स्टेट, भारतका राजा दिग्बिजयसिंहले दान गरेको ९९ बिगाहा जग्गाको हिनामिनामा मन्रिका मुल महन्तको संलग्नताको बिभिन्न दस्तावेजहरु समावेश गरिएको छ । अनुसूचकिारुपमा राखिएका दस्तावेजहरुमा सरकारले गरेको छानबिन, जिल्ला प्रशासन बांकेबाट भएको छानबिन सहितको सुझाव, तत्कालिन पुनराबेदन अदालतले मन्दिरको सम्पत्तिका बिषयमा गरेको आदेश, गुठी जग्गा आयोगको प्रतिवेदन, बागेश्वरीको जग्गा हिनामिना छानबिन आयोगको प्रतिवेदन पुस्तकमा समावेश गरिएको छ ।

त्यससँगै बागेश्वरी उत्पत्तिका बारेमा जनश्रुति र किम्बदन्ती सहित प्राडा राजकुमार सुबेदीको खोजमुलक लेख, पत्रकार प्रकृति अधिकारीको बागेश्वरीको इतिहास सम्बन्धि गोरखापत्रमा प्रकाशित आलेख, गुठी समितिका पदाधिकारीहरुको प्रतिवेदन पनि पुस्तकमा राखिएको छ ।

पुस्तक विमोचन समारोहमा बोल्दै गुठी समितिका अध्यक्ष एवं सांसद राणाले मुल महन्तले कसैलाई नटेर्ने गरेको आरोप लगाए । उनले समितिबाट धेरै सुधारका प्रयासहरुको थालनी भएको दाबी गर्दै बिभिन्न बाधाअडचनका बीच केही पारदर्शिता र ब्यवस्थापकीय सुधार गरिएको दाबी गरे । पुरानो सम्पत्तिका बारे अख्तियारले अनुसनधान गरिरहेको उल्लेख गर्दै उनले पछिल्लो समयमा भएका आम्दानी खर्चमा पूर्ण पारदर्शीता अपनाइएको बताए ।

समितिका सचिव गोपाल अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष मधुसुदन शर्माले आर्थिक प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा सहभागी धार्मिक ब्यक्तित्वहरुले मन्दिरमा मुल महन्तको ज्यादती बढी भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै शिवसेना नेपालका किशोर लामाले मन्दिरका मुल महन्तको अराजकता र उदण्डतालाई गुठी समितिले नियन्त्रण गर्न नसकेको बताए । पुजारीलाई नियन्त्रण र नियमन गराउन सकेमात्र बागेश्वरीको महिमाले सार्थकता पाउने उनले बताए ।

समाजिक अगुवा ललित रौनियारले बागेश्वरी धार्मिक प्रसिद्धतासँगै नेपालगन्जको आर्थिक समृद्धि र धार्मिक पर्यटनसँग पनि जोडिएको चर्चा गरे ।

यस्तो छ जग्गा हिनामिनाको नालीबेली :
बागेश्वरी मन्दिरको नाममा रहेको अथाह जायजेथा कहां कुन अबस्थामा छ खोज्नका लागि कसैले पनी अहिले सम्म इमान्दार प्रयास गरेको छैन । कुनै बेला सयौ बिगाहा जमीन र करोडौ सम्पत्ति जायजेठा भएको बागेश्वरीको सम्पत्तीको रेखदेख र संरक्षण गर्न बागेश्वरीका भक्त हुं भन्नेहरु नै असफल देखीएका छन् ।

सन १२६७ मा बांके कम्पनी सरकारको अधिनस्त रहंदा बलरामपुर स्टेटका महाराज दिग्बिजय सिंहले सनद गरि बागेश्रीलाई ईन्द्रपुर करमोहना क्षेत्रको करिव १ सय बिगाहा जग्गा दिएका थिए । २०२५ साल सम्म बागेश्वरी मन्दिरको नाममा ९९ बिगाहा ५ कट्ठा १४ धुर जग्गा रहेको थियो । बांकेको साबिक ईन्द्रपुर गांउ बिकास समितीको करमोहोना गांउमा मन्दिरको नाममा रहेको उक्त जग्गाको अहिले सबै ब्यक्तिहरुका नाममा पुगेको छ । करमोहोनामा भएको मन्दिरको नाममा रहेको जग्गा मध्ये २०२८।०७।१४ गते तत्कालीन भुमि प्रसासन कार्यालय बांकेको निर्णय अनुसार नित्य पुजा गर्ने र सन्त महन्तहरुको आयमा आवास तथा हण्डि दिने परम्परा अनुसार महन्तका दरसन्तानले खाने गरी महन्त द्धय हरीहरनाथ योगीलाई ९ बिघाहा १९ कट्ठा ५ धुर र चन्दननाथ योगीलाई ९ बिगाहा १३ कट्ठा १२ धुर रजिष्ट्रेसन गरी दिईएको थियो । तत्काल मन्दिरका नाममा रहेको ९९ बिगाहा जग्गा २०२८ सालमा दर्ता हुंदा ८७ बिघाहा २ कट्ठा ३ धुरमा सिमीत भयो । तर बांकी जग्गाको रेकर्ड अहिले सम्म पनी कोही कसैसंग छैन ।

२०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिगाहा २ कट्ठा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरी महन्तले बेचि सिध्याएका छन ।

अहिले बागेश्वरीको नाममा खजुराखुर्द गाबिसको वार्ड न. २ मा रहेको ३ बिगाहा ११ कट्ठा १४ धुर र नेपालगञ्जमा गोश्वारा नापीमा दर्ता हुन बांकी हाल मन्दिर रहेको जग्गा बाहेक सरकारी श्रेस्तामा अन्य जग्गा देखीदैन । खजुराखुर्दमा राम प्रसाद दवाडले ४ बिगाहा जग्गा मन्दिरका नाममा चढाएपनी हाल आएर सो जग्गा ३ बिगाहा ११ कट्टा १४ धुरमा सिमीत भएको छ ।
उता परसपुर ९ का बालक अहिरले चढाएको ३ कट्ठा १ धुर जगगाको समेत मन्दिर संग कुनै स्वामित्व छैन । २०१३ सालमा नेपालगञ्ज नगरको सल्यानी बागमा संकर प्रसाद उपाध्यले चढाएको १ बिगाहा १५ कट्ठा जग्गा मन्दिर ब्यबस्थापन समितीले ब्यवास्ता गरेपछी २०२५ सालको सर्भे नापीमा दाता उपाध्यकै श्रीमतीहरुले आफनो नाममा नापी गराएका थिए ।

कुनै बेला नेपालगन्जको सल्यानी बङ्गला रहेको स्थान वरिपरिको झण्डै २४ बिगाहा जग्गा पनि बागेश्वरी गुठीको नामममा रहेको थियो । बङ्गलाबाट उठ्ने भाडा त करिव ५० बर्ष पहिले सम्म बागेश्वरी गुठीले नै उठाउने गर्दथ्यो । तर बागेश्वरी गुठीको त्यो जग्गा कसरी नगरपालिका र ब्यक्तिहरुको नाममा गयो त्यसको समेत लेखाजोखा छैन ।

सबैलाई थाहा छ , २०१७ सालमा तत्त्कलीन राजा महेन्द्रले शासन सत्ता हातमा लिए लगत्तै नेपालभरी रहेका सबै मठ मन्दिरको सम्पूर्ण चल अचल सम्पत्ती राजगुठीमा परिणत भएको घोषणा गर्दै बेचबिखनमा प्रतिबन्ध लगाएका थिए । नेपालका सबै क्षेत्रका मठमन्दिरमा राजाको त्यो हुकुम लागु भयो तर नेपालगन्जको बागेश्वरीमा किन लागु भएर ? राणा र अंग्रेजहरुले मौजा भन्दै बितरण गरेका हजारौ बिगाहा जग्गा भुमिसुधार भन्दै राष्ट्रियकरण भयो तर बागेश्वरी गुठीको जग्गा पुजारीहरुको स्वामीत्वमा कसरी बन्न पुग्यो ? र पुजारीहरुलाई पुजा गरेबापत हण्डी भन्दै १९ बिगाहा भन्दा बढी जग्गा दिए पछि पनि उनीहरुले नै बांकी शेष जग्गा बेच्ने अधिकार कसरी पाए ? यतीबेला यो प्रश्न बागेश्वरीका अगाडी तेर्सिएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ८ : ५४ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट