१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कांग्रेस पदाधिकारीको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुने बताइएको छ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ । यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।

अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रष्ट पार्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ३९ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार