२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बेलायतमा २४ घन्टामा २ हजार ९८८ जना कारोनाभाइरसका नयाँ संक्रमित फेला परे



लन्डन । बेलायतमा कोरोनाभाइरसका  नयाँ सङ्क्रमितहरु फेला परेका छन् ।  गएको २४ घन्टामा २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेको अधिकारीहरुले बताएका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतमा गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएको बताइएको छ ।

बेलायतमा अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ भने संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक रहेको बताए ।

उनले केही समययता देखि यहाँ सङ्क्रमितहरु नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको बताए।

लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : २७ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्