६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेलायतमा २४ घन्टामा २ हजार ९८८ जना कारोनाभाइरसका नयाँ संक्रमित फेला परे



लन्डन । बेलायतमा कोरोनाभाइरसका  नयाँ सङ्क्रमितहरु फेला परेका छन् ।  गएको २४ घन्टामा २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेको अधिकारीहरुले बताएका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतमा गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएको बताइएको छ ।

बेलायतमा अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ भने संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक रहेको बताए ।

उनले केही समययता देखि यहाँ सङ्क्रमितहरु नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको बताए।

लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ५ : २७ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना