२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बैंकिङ कसुर मुद्दामा कसुरदार ठहरिएकी तामाङ वाटरपार्कबाट पक्राउ



नेपालगन्ज । बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र कैद सजाय पाएर फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१ वाटरपार्ककी ४२ वर्षीया शान्ति तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार बाँके जिल्ला अदालतबाट २०८१ पुस १७ गते शान्तिलाई बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय सुनाएकोमा फैसला आएदेखि उनी फरार रहेकी थिइन् ।

फैसला पश्चात् फरार रहँदै आएकी शान्तिलाई आज साँझ साढे ७ बजे घरमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीलले जानकारी दिए ।

पक्राउ परेकी शान्तिलाई भोलि नै आबश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत पेश गरिने डीएसपी पतालीले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ९ : २८ बजे

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै