११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

‘जन्ते बाख्रो’ खुवाउने मौलिक चलचित्रको श्रव्यदृश्य सार्वजनिक



काठमाडौं । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक चलचित्रमार्फत हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ । यसै सन्दर्भमा ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित चलिचित्र निर्माण भएको छ ।

निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ चलचित्र तयार गरेका हुन । उक्त चलचित्रको श्रव्यदृश्य ९ट्रेलर० सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक सुनुवारले स्पष्ट पारे ।

“भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर र जीवन्त परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर चलचित्रको विषयवस्तु अगाडि बढेको छ । यसमा अन्य चलचित्र झैँ दर्शकले प्रशस्तै मनोरञ्जन प्राप्त गर्नुहुने विश्वास लिएको छु ।”

चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले हाम्रा नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुने उनले बताए ।

सो चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन । लेखक भारद्वाजले नेपाली चलचित्रमा मनोरञ्जनसँगै संस्कृति र परम्परालाई जोड्ने माध्यम चलचित्र ‘जन्ते बाख्रो’ बनेको बताए । “हामीले चलचित्रमार्फत आफ्नो कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनु पर्छ । सोही कारण मैले ती तथ्यलाई समेटेर चलचित्रका लागि कथावस्तु तयार गर्ने प्रयास गरेको छु । यो हामी चलचित्रकर्मीको कर्तव्य पनि हो”, लेखक भारद्वाजले भने ।

उनले श्रव्यदृश्य (ट्रेलर) अगाडि सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाउनुभएको जानकारी दिए । काठमाडौं उपत्यकाको काठ क्षेत्रसहित आसपासका गाउँवस्तीमा छायाङ्कन गरिएको सो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ६ : ०६ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र