१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो (फाेटाेफिचर)



काठमाडौं। सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएको छ ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव पनि सहभागी रहेका थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरियो । कार्यक्रममा विविध साँस्कृतिक झाँकी प्रदर्शन र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास प्रस्तुत भयो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ११ : १५ बजे

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा