१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आलम रिहा प्रकरण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज : नारायणकाजी



काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलाम प्रकरणमा मुख खोलेका छन् ।

ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका आलम उच्च अदालत, जनकपुरबाट ‘निर्दोष प्रमाणित भए पछि’ उपाध्यक्ष श्रेष्ठले रोष प्रकट गरेका हुन् ।

‘हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ,’ उनले भने, ‘कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।’

उनले भनेका छन, ‘त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही, रुपान्तरण र सुधारको निम्ति ठूलो जनअभियान सञ्चालन गर्नु जरुरी छ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  २ : ५२ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास