२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

संसद्को अवरोध हटाउने प्रयास, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल र बैठक आह्वान गरेका छन् । अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले शुक्रबार (जेठ १६) बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकसित छलफल गर्दै छन् । उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठक सिंहदरबारमा बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् । बिहीबार (जेठ १५) बजेट प्रस्तुत गर्न भने उनीहरूले बाधा गरेनन् । प्रतिनिधिसभाको अबको बैठक यही जेठ २० गते बिहान ११ बजे बस्ने तय छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १० : ०६ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका