१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी



काठमाडौं । यातायात व्यवसायीसँग गृहमन्त्री रमेश लेखकले छलफल सुरु गरेका छन् । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन् ।

अहिले मन्त्रालयमा गृहमन्त्रीकै सहभागीतामा छलफल सुरु भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन् । यातायात बन्दले सर्वासाधारणलाई सास्ती भएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै केही दिनदेखि प्रदेश केन्द्रित आन्दोलन चर्काएका व्यवसायीले सोमबारदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन् ।

यातायात व्यवसायीको आन्दोलनले लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन् । सडकमा निजी सवारी साधनमात्र चलेका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक खाली प्राय छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : ४४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको