नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके दुर्घटनामा न्युनिकरण हुने सरोकारवालाहरुले बताएका छन् । बागेश्वरी यातायात प्राली र जयश्री यातायात प्रालीले आज नेपालगन्ज बसपार्कमा गरेको बडा दशैं, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यातायात ब्यवसाय संचालनमा पेशागत मर्यादा आवश्यक रहेकोमा जोड दिए ।
उनीहरुले अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्दै गएको औंल्याउँदै दुर्घटना न्युनिकरणका लागि सरोकारवाला निकाय बीच सहकार्य हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सहकोषाध्याक्ष शोभाखर पोखरेलले अनुशाशन भित्र रहेर यातायात ब्यवसाय संचालन गर्न सकेमात्र पनि धेरै मात्रामा दुर्घटना न्युनिकिरण हुन सक्ने बताए । उनले जिर्ण सडक, अस्वस्थ प्रतिस्पर्धा र अब्यवस्थित पाकिंङका कारण यातायात ब्यवसाय अस्तब्यस्त अवस्थामा रहेको बताए ।
बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गरेर स्वस्थ प्रतिस्पर्धा गरेर ब्यवसाय संचालन गर्न यातायात ब्यवसायीहरुलाई आग्रह गरे ।
बागेश्वारी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यको अध्यक्षता र महासचिव टंक बस्यालको संचालनमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा यातायात व्यवसाय कार्यालय। बाँकेका प्रमुख कालिदास बस्याल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष चिरन्जिवी ओलीलगायतले दशैं तिहार र छठपर्वको शुभकामना दिएका थिए ।


















प्रतिक्रिया