६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा बुटवलमा युवा उद्यमी भेटघाट कार्यक्रम सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको सम्भावना र चुनौती लगायत विषयमा छलफल गरिएको थियो ।

युवा उद्यमीहरुले राखेका जिज्ञासाहरुको सहजीकरण गर्दै चौधरीले लगानीको सम्भावना, चुनौती र अवसर तथा व्यवस्थापन लगायतका विषयमा अनुभवहरु प्रदान गरेका थिए । तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न अन्तरक्रियामा देशभित्रै सम्भवानाहरुको खोजी गर्न सकिने उल्लेख गरे ।

देशमा केही गर्न सकिँदैन भन्ने युवाहरुमा गलत धरणा रहेको बताउँदै उनले यसलाई गलत सावित गर्नका लागि र मुलुकको समृद्धिका लागि अबका युवाहरुले सिर्जनशिल भएर सोच्नु पर्ने धारणा व्यक्त गरे ।

विश्व बजारको जानकारी तथा विकसित सूचना र प्रविधिको प्रयोगलाई जोड दिँदै युवाहरुले नै आर्थिक लगानी तथा औद्योगिक क्षेत्रमा नविनतम सोचको बिकास गर्न सकिनेमा चौधरीले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोराको विशेष उपस्थिती रहेको थियो ।

युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ३ : २८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क